नियम १०
उपसमितिहरूको बैठक सम्बन्धी कार्यविधि

(१) उपसमितिहरूको बैठक सम्बन्धित उपसमितिको अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(२) उपसमितिको कूल सदस्य संख्याको पचास प्रतिशत सदस्यहरू उपस्थित भएमा उपसमितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(३) उपसमितिको बैठकको अध्यक्षता उपसमितिको अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा बैठकमा उपस्थित सदस्यले आफूहरूमध्येबाट छानेको सदस्यले बैठकको
अध्यक्षता गर्नेछ ।
(४) उपसमितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षले निर्णायक मत दिनेछ ।
(५) उपसमितिले आवश्यक देखेमा नेपाल सरकारको कुनै अधिकृत वा अन्य कुनै विशेषज्ञलाई उपसमितिको बैठकमा पर्यवेक्षकको रुपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।
(६) उपसमितिको बैठकको निर्णय उपसमितिको सदस्य–सचिवद्वारा प्रमाणित गरिनेछ ।
(७) उपसमितिको बैठक सम्बन्धी अन्य कार्यविधि उपसमिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।